२०८३ भाद्र ११ गते बिहिवार

एमाले दाङ हुकुमबहादुर बस्नेतको नेतृत्वमा

तुलसीपुर, पुस २४ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् ।

१३ औ जिल्ला अधिबेशनबाट सर्बसम्मत जिल्ला अध्यक्ष चयन गरिएका हुन ।

राति अबेरसम्म चलेको बन्द सत्रले बस्नेतलाई सर्बसम्मत रुपमा अध्यक्ष बनाएको हो ।

बस्नेत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा हुन ।

बस्नेत यसअघि पार्टीको जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए ।

पार्टी बिभाजन हुँदा उनले अध्यक्षको जिम्मेवारीपनि सम्हालेका थिए ।

त्यस्तै उपाध्यक्षमा जिल्ला उपाध्यक्षमा राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उपसचिब कृष्ण भुसाल र हिरा देवी पुन चयन गरिएका छन् ।

तीन बर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १२१ सदस्यको निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *