२०८३ बैशाख १० गते बिहिवार

तुलसीपुरका सबै बिद्यालय माघ ३ गतेसम्म बन्द

तुलसीपुर, पुस २३ । तुलसीपुर उपमहानगरपालिका भित्रका सबै बिद्यालयहरु नौ दिनसम्म बन्द गरिएका छन् ।

बिद्यालयहरुमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार एक सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते पुस २५ गतेदेखि माघ ३ गतेसम्म सबै बिद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कोरोनाको दर तीब्र रुपमा बढ्न थालेपछि संक्रमनको चेन ब्रेक गर्नका लागि उपमहागर भरिका सबै बिद्यालय आठ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

भौतिक उपस्थितिमा पठन पाठन बन्द गर्न तथा आन्तरिक परीक्षासमेत स्थगित गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ । संक्रमनमको अवस्था हेरेर माघ ४ गते पछि मात्रै बिद्यालय सञ्चाल गर्न आग्रह गरिएको छ ।


शून्य अवस्थामा झरको कोरोना संक्रमन दर तीन अबधिको अवधिमा तुलसीपुर क्षेत्रमा मात्रै ८४ जना पुगेको छ ।


तुलसीपुरको सेन्टर मावि, गुरु जजुर नमुना मावि, अश्वारामा माविसमेत गरि तीन वटा बिद्यालयका शिक्षक र बिद्यार्थीमा संक्रमन देखिएपछि ती बिद्यालय बन्द अवस्थामा छन् ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *