२०८३ जेष्ठ २६ गते मङ्गलवार

बिद्यार्थी र शिक्षक संक्रिमित बिद्यालय बन्द गर्ने निर्णय

मेयर पाण्डेले भने – अन्य बिद्यालय के गर्ने भन्ने बारे शुक्रबार निर्णय हुन्छ



तुलसीपुर, पुस २२ । बिद्यार्थी र शिक्षकमा कोरोना संक्रमन देखिएका बिद्यालयहरु बन्द गर्ने निर्णय भएको छ ।

बिहीबार बुलुका तुलसीपुरका मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मीसहित सरोकारवालाहरुको बैठकले संक्रमन फेला परेका बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

‘ जहाँ जहाँ संक्रमित भेटिएका छन् ती बिद्यालयहरु स्वास्थ्य प्रोटकल अनुरुप स्वतहः बन्द हुन्छन् ,’ मेयर पाण्डेले फरककोणलाई भने ‘ अन्य बिद्यालयको हकमा के गर्ने भन्ने सवालमा शुक्रबार छलफल पनि एउटा निष्कर्षमा पुग्ने छौं।’

तुलसीपुर ८ को अश्वारा मावि, तुलसीपुर बजारको सेन्टर मावि र तुलसीपुर ४ को गुरुजजुर नमुना माबिका बिद्यार्थी तथा शिक्षकमा संक्रमण देखिएपछि ती बिद्यालय एक हप्ता दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

शून्य अवस्थामा झरेको कोरोना संक्रमन पछिल्लो समय तीब्र रुपमा फैलिएको छ । तुलसीपुरमा तीन दिनको अबधिमा ८४ जना नयाँ सक्रिय संक्रमितहरु थपिएका छन् ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *