२०८३ भाद्र ११ गते बिहिवार

मेरिल्याण्ड एकेडेमीको बार्षिक उत्सव ः संस्कार सहितको शिक्षामा जोड

घोराही, २२ पुस । मेरिल्याण्ड पब्लीक एकेडेमी घोराही उपमहानगरपालिका १३ सेवारले पहिलो बार्षीक उत्सव मनाएको छ । विद्यालय स्थापना भएको पहिलो बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव सम्पन्न गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष टेमन बुढाको अध्यक्षता एवं शिक्षा विकास समन्वय ईकाई दाङका निमिक्त प्रमुख देबमणी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयले संस्कार सहितको व्यवहारिक शिक्षामा जोड दिएकोमा पंशसा व्यक्त गरेका थिए ।

उनीहरुले विद्यालयले विद्यार्थीहरुलाई दण्डरहित शिक्षाका साथै पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । वक्ताहरुले सामुदायिक र संस्थागत विद्यालयहरुबीच एक आपसमा सहकार्य र समन्वय हुनुपर्ने बताए ।

उनीहरुले मेरिल्याण्ड पब्लीक एकेडेमीले विद्यार्थीहरुलाई प्रविधीमैत्री शिक्षा प्रदान गरेको भन्दै विद्यार्थीहरुलाई समय अनुसारको शिक्षा प्रदान गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुमणी दाहाल, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का सदस्य केशव गिरी, भि.एन स्कूलका प्रिन्सीपल रामजनम चौधरी, पद्मोदय पब्लीक नमूना मावि भरतपुरका शिक्षक दुर्गाप्रसाद पाण्डे, सुपलाखुटी टोल विकास संस्थाका अध्यक्ष धर्म हमाल, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको बार्षिक गतिविधीबारे विद्यालय सञ्चालक समितिका सदस्य राजेन्दूकुमार श्रेष्ठले जानकारी गराएका थिए भने विद्यालय सञ्चालक समितिका सदस्य कुम्भ बुढा मगरले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक संगीता गिरीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *