२०८२ माघ ४ गते आइतवार

एमाले दाङको अधिबेशन शुक्रबारदेखि सुरु हुँदै

बस्नेत अध्यक्ष र बुढाथोकी सचिब बनाउने सहमति

तुलसीपुर, पुस २२ । नेकपा एमालेको १३औं जिल्ला अधिबेशन शुक्रबारदेखि घोराहीमा सुरु हुँदै छ । दुई दिनसम्म चल्ने अधिबेशनले तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।


स्रोतका अनुसार यसअघि नै अध्यक्षमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का हुकुमबहादुर बस्नेतको नाम टुँगो लागि सकेको छ । बस्नेत अहिलेका उपाध्यक्ष हुन ।


त्यस्तै जिल्ला सचिवमा तुलसीपुरको भोजपुर निवासी मनोहर बुढाथोकीको नामपनि सर्वसम्मत रुपमा टुंगो लागि सकेको स्रोतले जानकारी दिएको छ ।


१२१ सदस्य जिल्ला कमिटीमा अन्य पदहरुको भने टुँगो लागि नसकेको तथा त्यो कुराको छिनोफानो अधिबेशनले गर्ने एक नेताले फरककोणलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *