काठमाडौं, पुस २२ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत हुन बाँकी१६ जिल्लाको अधिवेशन माघ १५ गते गर्ने भएको छ ।
बुधबार बिहान बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि पुस २७ गते गर्ने भनिएको जिल्ला अधिवेशन राष्ट्रिय सभाभ निर्वाचन पछि गर्ने निर्णय गरेको हो।
निर्वाचन समितिका सचिव केशव रिजालले राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै हुन बाँकी १६ जिल्लाको अधिबेशन गर्ने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ।
त्रियासिल सदस्यता बिबाद लगाएका कारण यसअघि लुम्बिनीको बाँके, सुदूरपश्चिमको कैलाली र अछाम , प्रदेश नम्बर २ का ८ जिल्ला, बागमतीको मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, गण्डकीको नवलपुर लगाएतका जिल्लाहरुमा महाधिबेशन हुन बाँकी नै छ ।
प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
