तुलसीपुर,पुस २० । दाङ तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माविका पत्रकारिता बिषयमा अध्ययनरत विद्यार्थीले तयार पारेको भित्ते पत्रिकाको बिमोचन गरिएको छ ।
कक्षा १२ मा अध्यनरत बिद्यार्थीले तयार पारेको भित्ते पत्रिकाको मंगलबार बिहान औपचारिक कार्यक्रमका बीच संयुक्तरुपमा जिल्लामा क्रियाशिल पत्रकार र शिक्षकले बिमोचन गरेका हुन ।
ज्ञानज्योती माविका सिईओ शुरेन्द्र जिसीले झण्डै एक दशकदेखि निरन्तर रुपमा पत्रकारिता बिषयको पढाई भैरहेको भन्दै आफुहरुको प्रयासले जिल्लामा थप अब्बल पत्रकारहरु जन्मिने आशा ब्यक्त गरे ।
बिद्यालयका सहायक प्रध्यापक मनोज केसीले समाजको विकासमा पत्रकार र पत्रकारिताको अत्यन्त ठूलो भूमिका रहने भन्दै गाउँगाउँसम्म यस विषयको बारेमा थप जनचेतना जगाउन जरुरी रहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीले नयाँ पुस्ता पत्रकारितामा जोडिन आवश्यक रहेको तर्क गरे ।
कार्यक्रमालाई नेपाल प्रेस युनियन दाङका कार्यबाहक अध्यक्ष नारायण खडका,प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्राई, नेपाल पत्रकार महासंघका सदस्य अञ्जना चौधरी, प्रेस चौतारी दाङका सहसचिव एकराज भण्डारी लगायतले बिद्यार्थीलाई शुभकामना दिएका थिए ।
बिद्यालयमा पत्रकारिता बिषय अध्यापन गर्दै आएका शिक्षक तथा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका एकाडेमी कोडिनेटर शरद गौतमले धन्यावाद ज्ञापन गरेका थिए ।
कक्षा १२ का विद्यार्थी सर्जक बिकको अध्यक्षतामा भएको
कार्यक्रमको सहजिकरण विद्यार्थी समृद्धी बोहराले गरेकी थिइन । ज्ञानज्योती मावि दाङ जिल्लाकै एक मात्र पत्रिकारिता विषयमा पढाई हुने कलेजका रुपमा स्थापित छ ।
