
दाङ, पुस २० । नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रले राष्ट्रियताका सवालमा गरेका कामहरुको गुणगान गाएका छन् ।
रिपोटर्स क्लव दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यकक्रममा मैनालीले राष्ट्रियताका सवालमा राजा महेन्द्रले गरेका धेरै कार्यहरुका उदाहरणहरु दिदै उनले राजाको कदमको प्रशंशा गरेका हुन ।
२००७ साल २०५६ साल र २०६३ सालका परिवर्तनहरु बाट देशबासीले स्वतन्त्रता पाएपनि ती परिवर्तनका एजेण्डाहरु नेपाली नेताहरुका नभइ बिदेशी एजेण्डा मात्रै भएको उनले दाबी गरे ।
राजा महेन्द्रले सुझबुझका साथ बैदेशिक हस्तक्षप रोकेको भएपनि पछिल्लो समय बिदेशको हित अनुकुल शिद्धान्त निर्माण हुन थालेको भन्दै उनले चिन्ता जाहेर गरे ।
‘ नेताहरु अरुको गोटी बन्न थालेका छन्,’ उनले भने ‘ यसले नेपाललाई औपनेविककरणको बाटोमा धकल्ने खतरा छ ।’
यही अवस्था कायम रहे नेपाल सिक्किमीकरण र भूटानको अवस्थामा पुग्ने उनले चिन्ता जाहेर गरे ।
त्यस्तै उनले एमसिसी राष्ट्रहितमा नरहेको बताए । प्रचलित मान्नेताको समेत ख्याल नगरी एमसिसीलाई संसदबाट अनुमोदन गराउन खोज्नु गलत भएको टिप्पनी गरे ।
‘ एमसिसी अनुदान हो कि रु ऋण हो रु त्यो कुरा पनि स्पष्ट हुन जरुरी छ,’ उनले भने ‘ अन्यथा त्यतिकै नबुझेर अमेरिकी प्रोजेक्ट पारित गर्दा देश थप कमजोर बन्ने छ ।’
एमसिसीले नेपाललाई द्धन्दमा फसाउने भन्दै उनले त्यसबाट बैदेशिक हस्तक्षप बढ्ने चिन्ता जाहेर गरे । २०७४ सालपछि बनेको केपी शर्मा ओली र अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि देश र जनताको लागि काम गर्न नसकेको भन्दै उनले आलोचना गरे ।