२०८३ भाद्र १२ गते शुक्रवार

माओबादीमा दाङका ९ जना केन्द्रीय सदस्य

तुलसीपुर, पुस १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीमा दाङका नौ जना सर्वसम्मत रुपमा चुनिएका छन् ।

दाङको निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा, पूर्व मन्त्री रेखा शर्मा, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, जीवन गौतम, निर्मल आचार्य , हेमराज शर्मा , लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इनद्रजित थारू, प्रदेश सभा सदस्य दामा शर्मा र नारायणी शर्मा सर्वसम्मत केन्द्रीय सदस्य बनाइएका छन् ।

उनीहरु सबै यसअघिपनि केन्द्रीय कमिटीमै थिए । माओवादीले सोमबार पदाधिकारी चयनको तयारी गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *