२०८३ असार २८ गते आइतवार

२७०० मत गन्दा यमकान्तको १२३४, पवनको १०७१ र दीपकको १७४ मत

तुलसीपुर, पुस १७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चुन्न भएको निर्वाचनमा मतगणना जारी छ ।
शनिबार रातिदेखि सुरु भएको मतगणना आइतबार बिहान सम्म २७०० मत गणना भइसकेको छ ।

अहिले सम्मको स्थितिमा नौं दलिय गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी निकटतम प्रतिद्धन्दी पवनराज बुढाथोकी भन्दा १६३ मतले अगाडि छन् ।

यमकान्तले १२३४ मत प्राप्त गर्दा र बुढाथोकीले १०७१ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार दीपक धितालले भने जम्मा १७४ मत मात्रै प्राप्त गरेका छन ।
त्यस्तै उपाध्यक्षमा नौं दलिय गठबन्धनका सिताराम शर्मा आचार्यले १३९३, सचिव शेवकराम भण्डारीले १७५५, कोषाध्यक्षमा भद्रबहादुर वली ९७८, सदस्य पदका उम्मेदवार लक्ष्मण केसीले १६०३ र पदमबहादुर खड्काले १३३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै पवनराज बुढाथोकी प्यानलका उपाध्यक्ष पदका उम्मेदवार गिरीधारी पौडेलले ९०१ , कोषाध्यक्ष भोलाप्रशाद थापाले १०२२ र सदस्य शोबिन्द चन्दले ७७७ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपाध्यक्ष पूर्णप्रशाद धिताले ३७, सचिव दामोदर लामिछाने ४०९, कोषाध्यक्ष मेघराज न्यौंपानले १९५, कोषाध्यक्ष कर्णबहादुर वली ४९ मत प्राप्त गरेका छन् ।
शनिबार भएको निर्वाचनमा ४ हजार ४ सय ५ मत खसेको थियो । कुल ७ हजार ४ सय ६७ जना मतदाता रहेपनि झन्डै आधा उपभोक्ता मतदानमा सहभागी भएनन् । तुलसीपुरको अरनी मैदानमा बिहान साढे ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । निर्वाचनबाट तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व हुने छ ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *