२०८३ साउन २८ गते बिहिवार

२०० मत गन्दा यमकान्तको ९२ र पवनको ७८ मत


तुलसीपुर, पुस १७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चुन्न भएको मतदानको प्रारम्भीक मत परिनाम सार्वजनिक भएको छ ।
राति १० बजेसम्म २०० मत गणना हुँदा नौं दलिय गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । गठबन्धनका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी १४ मतले पवनराज बुढाथोकी भन्दा अगाडि छन् ।
यमकान्तले ९२ र बुढाथोकीले ७८ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार दीपक धितालले भने जम्मा १० मत मात्रै प्राप्त गरेका छन ।
उपाध्यक्षमा नौं दलिय गठबन्धनका उपाध्यक्ष सिताराम शर्मा आचार्यले ११०, सचिवमा शेवकराम भण्डारी १२५, कोषाध्यक्षमा भद्रबहादुर वली ७३, सदस्यका उम्मेदवार लक्ष्मण केसीले १२३ र पदमबहादुर खड्काले ९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै बुढाथोकी प्यानलका उपाध्यक्ष गिरीधारी पौडेलले ६८, कोषाध्यक्ष भोलाप्रशाद थापाले ७८ र सदस्य शोबिन्द चन्दले ७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पूर्णप्रशाद धिताले १, सचिव दामोदर लामिछाने ४२, कोषाध्यक्ष मेघराज न्यौंपानले ८, कोषाध्यक्ष कर्णबहादुर वली ७ मत प्राप्त गरेका छन् ।
शनिबार भएको निर्वाचनमा ४ हजार ४ सय ५ मत खसेको थियो । कुल ७ हजार ४ सय ६७ जना मतदाता रहेपनि झन्डै आधा उपभोक्ता मतदानमा सहभागी भएनन् । तुलसीपुरको अरनी मैदानमा बिहान साढे ७ बजेदेखि मतदान सुरु भएको मतदान बेलुका ५ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।
तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान भएको हो ।

खानेपानीको नेतृत्वको लागि नौ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीको एउटा प्यानल र नेपाली काँग्रेसकै पवनराज बुढाथोकीको अर्कौ प्यानल चुनाबी प्रतिष्पर्धामा रहेका छन् ।
भण्डारीको प्यालनबाट उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सीताराम शर्मा आचार्य, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिव र कोषाध्यक्षमा विप्लव नेकपाका भद्रबहादुर वली रहेका छन् ।

त्यस्तै बुढाथोकी प्यानलबाट काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशील सदस्य भोलाप्रसाद थापा कोषाध्यक्ष पदमा प्रतिष्पर्धी छन् ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *