२०८३ असार २७ गते शनिवार

काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको स्वागत

तुलसीपुर, पुस १६ । नेपाली काँग्रेसको १४औं महाधिबेशनबाट निर्वाचित केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले स्वागत र सम्मान गरेको छ ।
तुलसीपुर ६ स्थित पार्टी प्यालेशमा शुक्रबार एक कार्यक्रमका बीच नेता गिरीको स्वागत र सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता रेशम भण्डारीले पार्टी भित्र गुट उपगुट नभइ एकता बद्ध काँग्रेसको खाँचो रहेको बताए ।
‘गुट उपगुटको अत्य गरि एक ढिक्का भएर गएमा काँग्रेसलाई कसैले पराजित गर्न सक्ने छैन,’ उनले भने ‘ त्यसका लागि नेताहरु अग्रसर हुन आवश्यक छ ।’
कार्यक्रमलाई नेता महादेब शाह, केन्द्रीय महाधिबेशन प्रतिनिधि टीका घर्ती, वडा क्षेत्रीय प्रतिनिधि अर्जुनबहादुर केसी लगाएतले सम्बोधन गरेका थिए ।
वडा नं. ११ का अग्रज नेता गोबद्र्धन आचार्यको अध्यक्ष र नेता गिरीको प्रमुख आथित्यमा भएको कार्यक्रमका बक्ताहरुले काँग्रेसलाई एक ढिक्का बनाएर लैजान आग्रह गरेका थिए ।
कार्यक्रममा काँग्रेस नेताहरु डिल्लीबहादुर बस्नेत, तुलसीपुर ११ का वडाध्यक्ष चित्रबहादुर वली, वडा क्षेत्रीय प्रतिनिधि जागेश्वर खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिमाल बस्नेत लगाएतका नेता कार्यकर्ताको सहभागिता थियो ।
धर्मबहादुर केसीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण देविराम कुसारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *