२०८३ जेष्ठ २८ गते बिहिवार

काँग्रेसले भन्यो – यमकान्त भण्डारीको प्यानल नै आधिकारिक उम्मेदवार


तुलसीपुर, पुस १५ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका कार्य समितिले नौं दलिय गठबन्धनका साझा उम्मेदवार यमकान्त भन्डारी नै आधिकारीक उम्मेदवार भएको स्पष्ट पारेको छ ।
नगरसभापति सुरेश हमाल तथा सचिय द्धय बिमल पौडेल र सुशील वलीले बिहीबार बेलुका संयुक्त बिज्ञप्ति मार्फत यमकान्त भण्डारी नेतृत्वको साझा उम्मेदवारलाई मतदान गरि बिजयी गराउन आग्रह गरेको छ ।
भण्डारी नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनका निर्णय भइ सकेको हुँदा यही टिमनै आधिकारीक भएको बिज्ञप्तिमा उल्लेख छ ।
साथै बिज्ञप्तिमा बिगत २० बर्ष यता नेपाली काँग्रेसदले खानेपानीको नेतृत्व गर्न नपाएको हुँदा अहिले भण्डारीले अध्यक्ष पाउँदा गर्ब गर्न आग्रहपनि गरिएको छ । बिगतमा चार जना काँग्रेसबाट उम्मेदवार बन्दापनि अध्यक्ष पदमा पराजित भएको तथ्यपनि उल्लेख गरिएको छ ।
नौं दलिय गठबन्धनका साझा उम्मेदवार बाहेक अन्य उम्मेदवारको नाम नै उल्लेख गरि उनीहरुलाई मतदान नगर्न आग्रह समेत गरिएको छ ।
कतिपयले नेपाली काँग्रेस भित्रको गुटगत राजनीतिका कारण सेवा मुलक संस्था खानेपानीको निर्वाचन त्यसको प्रत्यक्ष रिफ्लेक्सन देखिएको बताएका छन् ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *