२०८३ बैशाख १६ गते बुधवार

कांग्रेसको महाधिवेशनले सबैमा उर्जा थपेको छ – काँग्रेस सहमहामन्त्री राठौर


दाङ, पुस १५ । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १४औं महाधिवेशनले सबै नेता कार्यकालाई उर्जा थपेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री सिंहले महाधिवेशनले एकताको सन्देश दिएको बताए ।
‘पार्टी सुदृढ ढंगले अघि बढ्छ,’ उनले भने ‘ अब सबै नेता कार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्छ।’
त्यस्तै आगामी पुस २७ गतेका लागि तोकिएको नेपाली काँग्रेस बाँकेको जिल्ला अधिबेशन सर्वसम्मत रुपमा चयन गर्न आँफुले प्रयास गर्ने उनले बताए ।
फरक प्रशंगमा राठौरले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने तर्क गरे । ‘अहिले नै एमसिसी पारित हुँदैन,’ उनले भने ‘ त्यसका लागि पहिला राष्ट्रिय सहमति कायम हुने छ ।’

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *