२०८३ बैशाख १६ गते बुधवार

माओवादी महाधिवेशन : सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी

काठमाडौं,पुस १५ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ ।

अध्यक्ष प्रचण्डको राजनीतिक र नेता देव गुरुङको विधान मस्यौदामा आज १४ समूहका प्रतिनिधिहरुको टोली नेताले आ(आफ्नो समूहको निष्कर्ष सुनाउने कार्यक्रम छ ।

प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएकामा ११ टोलीको नेताको प्रस्तुतीकरण बुधबार नै सकिएको थियो ।

छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन सुझावसहित अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी छ ।

माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । श्रेष्ठले सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन हुने बताए ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *