दाङ,पुस १४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको अध्यक्षमा मधुसुदन केसी चयन भएका छन ।
घोराहीमा भएको पन्ध्रौँ अधिवेशनबाट केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बिजय जि.एम , उपाध्यक्षहरुमा राजु यादव र चक्रबहादुर रावत, सचिवमा आदीम के.सी, सह–सचिवहरुमा डीआर भण्डारी र विकास रजौरे,कोषाध्यक्षमा पोषण न्यौपाने र सह–कोषाध्यक्षमा टिम अधिकारीलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा विष्णुमणि देवकोटा, विमल अधिकारी , विजय गौतम, निमानन्द गैरे, विलोचन चौधरी, पुस्करदेव चौधरी, शर्मिला योगी, हरि वली, पार्वती भुसाल र कृष्णदेव पोख्रेललाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
