तुलसीपुर, पुस १३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई गृहनगर तुलसीपुरमाय काँग्रेस नेता कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।
गिरी पहिलो पटक नेपाली काँग्रेसको १४औं महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर दाङ आउँदा मंगलबार उनको स्वागत भएको हो ।
नेता गिरीको स्वागतमा घोराही भन्दा परदेखि नै मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा सहभागिहरुले ‘गेहेन्द्र दाइ हाइ हाई’ भन्ने जस्ता नाराहरु लगाएका थिए ।
नेता गिरी गृहनगर तुलसीपुरमा आएपछि संस्थापक नेता बिपीको शालिकमा माल्याअर्पण गरेका थिए ।
त्यही क्रममा सहिद पुत्र तथा तरुण दलका जिल्ला सदस्य नविन योगीले केन्द्रीय सदस्य गिरीलाई ११ किलोको माला लगाएर स्वागत गरेका थिए ।
माननिय भएको ११ बर्ष पछि नेता गिरी फेरि केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा प्रतिकका रुपमा ११ किलोको माला लगाइदिएको योगीले बताए ।
केन्द्रीय सदस्य गिरीलाई नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले पनि स्वागत तथा बधाई ज्ञापन कार्यक्रम गरेको छ । त्यहाँ पुग्दा नेता गिरीले संस्थापक नेता बिपी र दाङका नेता तथा पूर्व गृहमन्त्री स्वर्गिय खुमबहादुर खड्काको तस्बिरमा मार्यापन गरेका थिए ।
नेता गिरीले आफुलाई स्वर्गिय नेता खुमबहादुर खड्काको एक सच्चा अनुयायीका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
विपी चोक र समिक्षालयमा वडाले आयोजना गरेका कार्यक्रमहरुलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले अव एकतावद्ध र बलियो काँग्रेस निर्माण तर्फ सवै लाग्नुपर्ने धारणा राखे ।
‘विगतका तिता मिठाकुरा भुलेर अब सवै एक ढिक्का भएर बलियो काँग्रेस निर्माण जुट्न आवश्यक छ,’ नेता गिरीले भने ‘अब महाधिबेशनका क्रममा भएका हिजोको तिक्ततालाई मेटायर सवै एक ठाउँमा गोलबद्ध हुन जरुरी छ।’
एक आपसमा लडेर पार्टी बलियो नहुने भन्दै नेता गिरीले पार्टीको आन्तरिक चुनाव सकिएको हुँदा अव बिपक्षसंग लडने समयमा सबै एक ढिक्का हुनुपर्ने बताए ।
अव आउने सबै निर्वाचनहरुमा दाङका सवै क्षेत्र नेपाली काँग्रेसले जित्ने उनले दाबी गरे ।
‘हिजो नेता खुमबहादुर खड्काको समयमा दाङमा काँग्रेस कस्तो अवस्थामा थियो ?’ उनले भने ‘अब त्यस्तै काँग्रेस बनाउने अभिभारा हामी सबैको जिम्मेवारी हो।’ नेता गिरीले पार्टीको आन्तरिक प्रतिष्पर्धा सकिएको हुँदा अब आफुहरुको लडाई बामपन्थीसंग मात्रै बाँकी रहने बताए ।
स्व नेता खुमबहादुले बनाएको संगठन अब हरेक वडा, नगर, जिल्लामा मजबुत ढंगले पु¥याउन आवश्यक रहेको नेता गिरीले बताए ।
उनले आँफू सबैको साथ,सहयोग,सद्धभावले केन्द्रीय सदस्यमा निर्वाचित भएको भन्दै त्यसको श्रेय सम्पुर्ण नेपाली कांग्रेसमा आबद्ध दंगाली नेता कार्यकर्तालाई दिए ।
‘म ब्यक्तिको होइन टिमको राजनीति गर्ने नेता हुँ,’ नेता गिरीले भने ‘हरेक पटक–हारेपनि म बिचलन भएन र धैर्य भइ बसे ।’
उनले राजनीतिमा आत्तिएर र मात्तिएर अगाडि बढ्न नसकिने हुँदा सबै नेता कार्यकर्तालाई संगठन निर्माणमा जुट्न आग्रह गरे ।
उनले प्रजातन्त्रकै लागि आँफु ४ वर्ष जेल परेको समेत स्मरण गरे । ‘पञ्चायतकालको समयमा चन्द्रबहादुर थकालीले स्याङ्जामा कांग्रेसका ४ जना कार्यकर्तालाई जिउदै काटेपछि म त्यसको बिरुद्धमा होमिएका मान्छे हुँ,’ उनले भने ।
नेपाली कांग्रेसको पार्टीमा लागेर काम गर्न थालेको ५४ वर्ष पुगेको स्मरण गरेका उनले संगठनका निम्ति निरन्तर क्रियासिल रहेको बताए ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ इकाई सभापति नबी् बुढाथोकीको अध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा कांग्रेस नेता महादेव शाह,पुर्व जिल्ला सभापति घनश्याम रेग्मी,महाधिवेशन प्रतिनिधि देवा डाँगी,कांग्रेस दाङ क्षेत्र नं. ३ (क) का सभापति देवेन्द्र रिजाल, क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली,कांग्रेस तुलसीपुर नगरका सभापति सुरेश हमाल लगाएतले गुट–उपगुटको अन्त्य गर्दै दाङ कांग्रेसलाई जिवन्त राख्न संगठित भएर लाग्नुपर्ने बताएका थिए ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ इकाइ उपसभापति शिशिरकुमार लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कांग्रेस दाङ क्षेत्र नं. ३ (ख) का क्षेत्रीय प्रतिनिधि देविराम कुसारीले गरेको थिए ।
तस्बिर : अरुण लहरे
