२०८३ मङ्सिर १० गते बुधवार

संगठन बिस्तारलाई तीर्बता काँग्रेस राप्ती गाउँपापालिकाको निर्णय

देउखुरी, पुस ११ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले टोल बस्तिमा संगठन विस्तार गर्ने निणर्य गरेको छ ।

गाउँपालिकाका सभापति बिद्याशरण चौधरीको अध्यक्षतामा भएको १४ औं महाधिबेशन पछिको तेस्रो बैठकले ९ वटै वडाका हरेक टोलमा पार्टीको संगठन विस्तार गर्दै सुभेच्छुक संस्था तथा भातृसंगठन विस्तार गर्ने निणर्य गरेको छ ।

बैठकले कांग्रेसको १४ औ महाधिबेशनबाट निर्वाचित सबैलाई बधाई ब्यक्त ज्ञापन गर्दै मिलन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले हरेक क्रियाशिल सदस्यहरुबाट १ रुपंैया अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले पार्टी छोडेका वडा नं। १ का सुरेश केसी र शिशिर पुनलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गर्दै नव प्रबेशीहरुलाई स्वागत गरेको छ ।

बैठकमा नावावलीमा छुट भएका नागरिकको पहिचान गरि फोटो सहितको मतदाता नावावली बनाउन सहयोग गर्ने निर्णयपनि गरेको छ ।
कार्यक्रम वडा सभापति युवराज भुसाल, चुडामणी शर्मा, तेजबहादुर कार्कीले मनतब्य ब्यक्त गरेका थिए ।

सचिव चैन कुमार चौधरीको स्वागतमन्तब्य बाट सुरु भएको कार्यक्रम सचिव तिर्थराज ज्ञवालीले र कोषाध्यक्ष पुर्ण जंग रेश्मीले वडामा काँग्रेसले गर्दै आएका गतिबिधिबारे अबगत गराएका थिए ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *