दाङ, पुस ९ । एक जना महिला सशस्त्र प्रहरी बलकी सहायक प्रहरी हवल्दारलाई जवरजस्ती बलात्कार गरेको अभियोगमा एक जना शाखा अधिकृत पक्राउ परेका छन् ।
बाँके प्रहरीले रोल्पा नगरपालिकाका शाखा अधिकृत सुशील थापालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले थापालाई पक्राउ गरिएको जानकारी दिएको छ । थापाले विवाहको प्रलोभनमा पारी शारीरिक सम्पर्क राखेको र विवाह गर्न नमानेपछि पीडितले प्रहरीमा गत शुक्रबार जाहेरी दिएकी थिइन ।
सोही जाहेरीका आधारमा प्रहरीले थापालाई सोमबार रोल्पाबाट पक्राउ गरेको थियो । शाखा अधिकृत थापालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइ रहेको बाँके प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार