२०८३ असार २८ गते आइतवार

विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाण्डौ,पुस ६ । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् ।

त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *