२०८३ भाद्र ११ गते बिहिवार

काँग्रेस महाधिबेशन ः महिला खुला केन्द्रीय सदस्यमा संग्रौलालाई सबैभन्दा बढी मत, देउवा पत्नि तेस्रो नम्बरमा


काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जसमा डिला संग्रौलाले सबैभन्दा धेरै २ हजार ८ सय ८५ मत प्राप्त गरि निर्वाचित भएकी छन् ।
कुल ४ हजार ६७९ मत खसेकोको थियो ।

त्यसपछि क्रमश पुष्पा भुसालले २ हजार ७ सय १८ र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा देउवाले २ हजार ५ सय ३६ मत प्राप्त गरि निर्वाचित भएकी छन् ।

चौथो स्थानमा अम्बिका बस्नेत २ हजार ३ सय ३९, पाँचौंमा ईश्वरी न्यौपाने २ हजार २ सय ५९, छैठौंमा सरिता प्रसाईं २ हजार ९६, सातौंमा रमा कोइराला पौडेल १ हजार ८ सय ५८ मतसहित, आठौंमा सुशीला ढकाल आचार्य १ हजार ८ सय ८ र अन्तिममा रंगमती शाही १ हजार ७ सय ८९ मत प्राप्त गरि बिजयी भएका हुन ।

महिला खुला केन्द्रीय सदस्यमा ३० जनाको उम्मेदवारी परेको थियो। तर, यसमा नौ जना मात्रै निर्वाचित हुने काँग्रेसको बिधानमा ब्यबस्था गरिएको छ ।

निर्वाचित नौ जना मध्य आठ जना सभापति शेरबहादुर देउवा पक्षका हुन भने कोइराला पक्षबाट एक जना सरिता प्रशांई मात्रै निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *