२०८२ माघ १ गते बिहिवार

महामन्त्रीमा गगन थापाको जित सुनिश्चित, विश्वप्रकाश शर्माको सम्भावना पनि बलियो

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन् ।

३८९० मत गणना हुँदा गगनले २५१२ र विश्वप्रकाशले १५९७ मत पाएका छन् । महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१, डा. मिनेन्द्र रिजालले ६७९ र राजाराम कार्कीले ८८ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ । कांग्रेस महाधिवेशनमा करिब ४६५० मत खसेको थियो । अब करिब १२ सय मत गन्न बाँकी छ ।

महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा.प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *