काठमाण्डौ,पुष १ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ६ सय मतको अग्रता लिएका छन् ।
२८२० मत गणना हुँदा गगनले १८४२ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले ११४७, डा.प्रकाशशरण महतले ९३५, प्रदीप पौडेलले ८४२, डा. मिनेन्द्र रिजालले ४८० र राजाराम कार्कीले ६७ मत पाए ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।
कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार