काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४औं महाधिबेशन अन्तरगत बिहीबार महामन्त्री पदका उम्मेदवारहरुको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार गगन थापाले मतान्तर फराकिलो पार्दै लगेका छन् । ९ सय मत गन्दा गगनले ५ सय ५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच प्रतिस्पर्धा चलिरहेको छ ।
९ सय मत गन्दा कस्ले कति पाए?
गगन कुमार थापा – ५५९
विश्व प्रकाश शर्मा – ३५७
प्रदिप पौडेल – ३००
प्रकाश शरण महत – २९७
मिनेन्द्र रिजाल – १५३
राजाराम कार्की – ३१
यी मध्य बढी मत प्राप्त गर्ने दुई जना मात्रै महामन्त्री पदमा निर्वाचित हुने छन् ।
प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
