२०८३ मङ्सिर १० गते बुधवार

प्रचण्ड र माधव अस्थिरताको संवाहकः केपी ओली

काठमाडौं,मंसिर २९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताको संवाहकको संज्ञा दिएका छन्।

अध्यक्ष ओलीले बधुबार पार्टीको केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा यस्तो बताएका हुन्।

उनले भने, ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन केहि तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन् । यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ रु तिनका कनेक्सन कहाँ छ, त्यो हामीले देखेका छौँ ।’

उनले मुलुकमा अस्थिरता मच्चाउन प्रचण्ड र माधव नेपाल नै लागिपरेको आरोप लगाए। एमालेले ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी ४४ जनालाई मनोनित गरेको हो। एमालेको विधानअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *