२०८३ भाद्र १२ गते शुक्रवार

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं,मंसिर २९ । नेपाली नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कुल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *