काठमाण्डौ,मंसिर २८ । कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन सुरु भएको छ।
प्रधानमन्त्री एवं पार्टी सभापती शेरबहादुर देउवाले मतदान गरेका छन्। पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान भएको हो।
निर्वाचन साँझ ७स्३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए।
खसेको मतमध्ये ७६ मत वदर भएको थियो। दोस्रो चरणको मतदानमा देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने बताएका छन्।
प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
