काठमाडौं,मंसिर २८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।
पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उनकै निवास चाक्सीबारी गेका थिए ।
छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताएका हुन । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उनकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गरेका थिए ।
१४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह ३ सय ७१ मत पाउँदै तेस्रो स्थानमा रहेका थिए । अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
