२०८३ भाद्र १० गते बुधवार

कांग्रेस निर्वाचन : सभापतिका उम्मेदवार देउवा पुगे मतदानस्थलमा

काठमाडौँ,मंसिर २७ । नेपाली कांग्रेस सभापतिका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थलमा आइपुगेका छन्।

सभापति उम्मेदवार डा। शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि यस अगाडि नै मतदानस्थलमा आइपुगेका थिए। सोमबार पदाधिकारी र सदस्यका लागि मतदान हुँदैछ।

सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका भएपनि प्राविधिक कारण साढे ११ बजेबाट मात्रै मतदान सुरु भएको हो । मतदान गर्न बिहान साढे ७ बजेदेखि महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन्।

प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *