२०८३ मङ्सिर १० गते बुधवार

कुनै पक्षलाई समर्थन गर्दिनँ : शशाङ्क कोइराला

काठमाडौँ,मंसिर २७ । १४ औँ महाधिवेशनमा सभापतिको दाबेदारीबाट पछि हटेका कांग्रेस नेता शशाङ्क कोइरालाले आफूले कुनै गुटलाई समर्थन नगरेको बताएका छन ।

मतदानस्थल भृकुटीमण्डपमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले अहिले आफू कसैको पक्षमा नरहेको बताए ।

उनले आफूले कुनै एक गुटको भन्दा पनि पार्टी एक होस् भन्ने चाहना राखेको प्रतिक्रिया दिए । महाहाअधिवेशनमा गुट बन्नु स्वाभाविक भए पनि पार्टी एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

संस्थापन इतर समूहबाट सभापतिमा दाबी गर्दै आएका शशाङ्कले साझा उम्मेदवार तय गर्न भन्दै आफू पछि हटेको बताएका थिए । तर सहमति नहुँदा संस्थापनइतर समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन भने रामचन्द्र पौडेल सक्रिय राजनीतिबाटै अलग्गिएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *