२०८३ साउन ६ गते बुधवार

शेखर कोइरालालाई रामचन्द्र पौडेलद्वारा जितको शुभकामना

काठमाण्डौ,मंसिर २७ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन ।

बिहान पौडेल निवास बोहराटारमै पुगेर कोइरालाले भेटवार्ता गरेका हुन । भेटमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखर कोइरालालाई जितको शुभकामना दिए ।

राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्ने भन्दै प्रचार गरेकोप्रति सङ्केत गर्दै पौडेलले आफ्नो समर्थन कोइरालालाई नै रहेको बताए । यस्तै, पौडेलले संस्थापन इतर एक हुन नसकेकोमा दुःख व्यक्त गरे ।

सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *