२०८३ असार २८ गते आइतवार

कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा प्रचण्ड र नेपाल सहभागी, ओली अझै अनुपस्थित

काठमाण्डौ,मंसिर २४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । उद्घाटन समारोहमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता पुगेका छन ।

उद्घाटन सत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइरालालगायत नेता उपस्थित भइसकेका छन ।

यस्तै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेता उद्घाटन समारोहमा उपस्थित भएका छन । तर नेकपा ९एमाले० का अध्यक्ष केपी ओली भने सहभागी भइसकेक छैनन् ।

आज शुक्रवार दिउँसो १ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही ढिला गरी सुरु भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *