२०८३ भाद्र १२ गते शुक्रवार

महामन्त्रीका उम्मेदवार गगन थापाले आज अवधारणापत्र सार्वजनिक गर्दै

काठमाण्डौ,मंसिर २३ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन्।

थापाको सचिवालयका अनुसार उनले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपालस् सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको हो।

‘समुन्नत नेपालस् सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन्।

भोलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन्।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *