२०८३ असार २७ गते शनिवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाण्डौ,मंसिर २३ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहीबार मध्यान्न साढे १२ बजे राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार यसअघि विहान ११ बजे बस्ने भनिएको बैठक मध्यान्न साढे १२ बजे बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय परिसडाँडा कोटेश्वरमा बस्ने उनले बताए । बैठकले ११ देखि १३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिने सचेतक गुरुङले बताए ।

यसैगरी, यही मङ्सिर २५ देखि २६ गतेसम्म माओवादी केन्द्रले प्रदेश सम्मेलन आयोजना गरेको छ । यसअघि माओवादीले वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *