२०८३ असार २७ गते शनिवार

सभापतिको दौडबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

काठमाण्डौ,मंसिर २३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन ।

काठमाण्डौको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उनले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन ।

पछिल्लो समय कांग्रेसमा शक्तिको राजनीति हुने गरेको र यसकै कारण पार्टीलाई विधि विधानअनुसार अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

पार्टीलाई विधिअनुसार चलाउनकै लागि आफू सभापतिको उम्मेदवार बन्ने उनले बताए ।

कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन कृष्णप्रसाद भट्टराईले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *