तुलसीपुर,मंसिर २० । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनबाट लुम्बिनी प्रदेशको कार्यसमितिमा दाङका मात्रै नौं जनाले निर्वाचन जितेका छन् ।
निर्वाचनमा दाङका १४ जनाले बिभिन्न पदमा उम्मेदवारी दिएको भएपनि नौं जना मात्रै निर्वाचित भएका हुन ।
दाङबाट लुम्बिनी प्रदेश उपसभापतिमा राजु खनाल ७ सय ९२ मत प्राप्त गरी विजयी भएका छन । संविधान सभा सदस्य खनाल संस्थापन पक्षका हुन । खनालले संस्थापन इतरका प्रतिस्पर्धी रुपन्देहीका अष्टभुजा पाठकलाई पराजित गरेका हुन ।
त्यस्तै दाङबाट खुल्ला सहमहामन्त्रीमा खगराज पाण्डेल ७ सय ७६ मत प्राप्त गरी बिजयी भएका छन । पाण्डे संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका थिए । पदाधिकारीमा निर्वाचित हुने यी दुई मात्रै हुन ।
त्यस्तै लुम्बिनी सदस्यहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष कुमार लामिछाने,सुवास न्यौपाने, प्रचण्ड न्यौपाने, जानका केसी, पुष्षा श्रेष्ठ, देवनारायण चौधरी, पवन नेपाली बिजयी भएका छन ।
उनीहरु सबै संस्थापन इतर समूहको प्यानलका उम्मेदवार हुन् । निर्वाचनमा कुल १ हजार ६ सय ३१ मत खसेको थियो ।