२०८२ चैत्र १ गते आइतवार

घोराहीले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई २६ लाख रुपैंया बाँड्यो

घोराही, मंसिर १६ । घोराहीमा कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई आर्थिक साहेता प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिकाले विहीवार एक कार्यक्रमका बीच कोरोना संक्रमणबाट मृत्यु भएका ५२ जनाको घर परिवारलाई जनही ५० हजारका दरले रकम बितरण गरेको हो ।

५२ पीडित परिवारलाई २६ लाख रुपैंयाको चेक मेयर नरुलाल चौधरीले हस्तान्तर गरेका हुन ।

कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग पुगोस भन्ने उद्देश्यले जनही ५० हजारका दरले आर्थिक साहेता प्रदान गरिएको मेयर चौधरीले बताए ।

कोरोना संक्रमणबाट मृत्यु हुँदा मानविय क्षतिसँगै आर्थिक क्षतिपनि बेहोर्नु परेको हुँदा उनीहरुको पीडामा थोरै भएपनि मलहम लगाउने प्रयास गरिएको उनले बताए ।

मेयर चौधरीले अझैं कोरोना संक्रमणको अवस्था सामान्य भइ नसकेको तथा नयाँ भेटिएन्टको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रहपनि गरेका थिए ।

कोरोना संक्रमणबाट मृत्यु भएका र प्रक्रियामा रहेका १५ परिवारका साथै थप नयाँ दर्ता भएका २० परिवारलाई दोस्रो चरणमा यसैगरि राहत वितरण गरिने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

घोराहीमा बसोवास गर्दै आएका वा मतदाता नामावली घोराहीमै भएका मृतकका परिवारलाई मात्रै यस्तो राहात बितरण गरिने घर्तीले बताए ।

कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारहरुलाई राहत स्वरुप प्रदेश सरकारले एक लाख रुपैंया दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *