तुलसीपुर,मंसिर १२ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको छ ।
पुनका छोरा प्रकाश पुनका अनुसार मंसिर २ गते घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको तर त्यसैदिन फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भीरबाट लडेर मृत्यु भएको होृ ।
घर परिवारले खोज्ने क्रममा शनिबार टोपी र जुत्ता फेला पारेपछि बृद्धकोे शव मृतकका छोरा शिवप्रसाद पुनले फेला पारेका थिए ।
पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छोरा प्रकाश पुनले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार