तुलसीपुर, मंसिर ११ । नेपाली काँग्रेस दाङको जिल्ला सभापति चुन्नको लागि आइतबार पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।
मतदानको समय बिहान ९ बजेदेखि तोकिएको छ ।
शनिबार भएको मतदानमा चार जना प्रतिपस्र्धी कसैले पनि आवश्यक मत ५१ प्रतिसत पु¥याउन नसकेको हुँदा बढी मत प्राप्त गर्ने दुई जनाका निकटतम प्रतिस्पर्धीका बीचमा आइतबार फेरि दोस्रो चरणको मतदान हुन थालेको हो ।
चार प्रतिस्पर्धी मध्य सबैभन्दा बढी मत प्राप्त गर्न सफल जिल्ला सचिव शंकर डाँगी र दोस्रो बढी मत प्राप्त गर्ने निवर्तमान दाङ क्षेत्र नं. २ का संघीय सभापति भुपबहादुर डाँगीका बीचमा आइतबार दोस्रो चरणको मतदान हुन थालेको हो । २१२६ मत गणना हुँदा शंकरले ७७२ र भूपबहादुरले ५४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै सभापति पदकै अन्य दुई प्रतिस्पर्धीहरु १३औं महाधिबेशनमा दाङको क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदमा समान मत प्राप्त गर्दा गोलापर्थाबाट अनुराग यादबसंग पराजित जानकीलाल बस्नेतले ४७१ मत प्राप्त गर्दा पूर्व जिल्ला सचिव तथा १३ औं महाधिबेशनका क्रममा अहिलेका सभापति कीर्तिबहादुर खड्का संग पराजित कमलकिशोर घिमिरेले ३११ म्त प्राप्त गरेका छन् । बस्नेत नेविसंघका पूर्व जिल्ला अध्यक्ष पनि हुन ।
चार प्रतिस्पर्धी मध्य शंकर संस्थापन इतरका हुन भने अन्य तीन जना संस्थापन पक्षधर हुन ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार घोराहीस्थित पदमोदय पब्लिक माद्यामिक बिद्यालयमा मतदान भएको हो ।
मतगणना भने जिल्ला पार्टी कार्यालय घोराहीमा भएको थियो ।
निर्वाचन समितिका अनुसार दुई हजार एक सय ३४ जनाले नेपाली काँग्रेसको नयाँ जिल्ला कार्य समिति चुन्नका लागि मतदान गरेका थिए ।
कुल मतदाता दुई हजार एक सय ९२ जना रहेकोमा ५८ जना मतदानमा अनुपस्थित भएका थिए ।