२०८२ चैत्र १ गते आइतवार

काँग्रेसमा दाङ जिल्ला अधिबेशन ः सभापति बाहेकका अन्य पदहरुमा को–को आकाँक्षी छन् ? (हेर्नुहास पुरा बिवरण)

घोराही, मंसिर १० । नेपाली कांग्रेसको १४आँै महाधिवेशनअन्तर्गत जिल्ला उपसभापतिका लागि सात जनाले मनोनयत दर्ता गराएका छन् । सचिवमा चार र सहसचविमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपसभापति पदमा वर्तमान उपसभापति कमानसिंह भारती, एकराज आचार्य, गिरिराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वली ‘सुबास’ले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सचिवमा अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश राणाको उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिए ।

सहसचिवमा भुपबहादुर भण्डारी, राजु आचार्य, लक्ष्मी योगी, सुबोधकुमार डाँगी, हरिप्रसाद भुसालले उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्ला सदस्यमा को– को ?
तुलसीपुरबाट
जिल्ला सदस्यमा तुलसीपुर उपमहानगपालिकाबाट महिला सदस्यमा चम्पा वि.क., पवित्रा धिताल, पुष्पाकुमारी डाँगी र मनिकर्ण न्यौपाने कँडेल र खुल्ला सदस्यहरुमा गेहेन्द्र वली, नेत्रलाल भट्टराई ताराप्रसाद कार्की, घनश्याम भण्डारी, यज्ञबहादुर बस्नेत, सुरेन्द्र बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

घोराहीबाट

घोराही उपमहानगरपालिकाबाट महिला सदस्यमा घना डिसी., छविकुमारी बस्नेत, निरजा पोखरेल, मञ्जु बज्राचार्य र खुल्ला सदस्यहरुमा रेखबहादुर वली ‘देउता’, बीरबहादुर खत्री ‘बीरु’, भोला अधिकारी, सरोज शाह, सुवास पोखरेल, प्रकाश सुवेदी, रेवतीप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् ।

लमहीबाट

लमही नगरपालिकाबाट महिलातर्फ पार्वतीदेवी थापा, राधादेवी केसी. र खुल्ला सदस्यमा कालिचरण चौधरी, पूर्णबहादुर बस्नेत, लिलाराम खनाल, सुमन खड्काले उम्मेदवारी दिएका छन् ।

दंगीशरण गाउँपालिकाबाट

दंगीशरण गाउँपालिकाबाट महिला सदस्यमा नीमा चौधरी र खुल्लामा पद्मा चौधरी, शंकर शर्मा, शोभाकर न्यौपानेले उम्मेदवारी दिएका छन् ।

शान्तिनगरबाट

शान्तिनगरबाट महिला सदस्यमा खुमकुमारी बोगटी, विपना रोका र खुल्ला सदस्यमा सुरेन्द्रकुमार शाहले उम्मेदवारी दिएका छन् ।
बबईबाट

बबईबाट महिला सदस्यमा कुन्ती डिसी., प्रेमकुमारी डाँगी र खुल्ला सदस्यमा गंगाराम खत्री र टंकसिंह बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

बंगलाचुली गाउँपालिकाबाट

बंगलाचुली गाउँपालिकाबाट महिला सदस्यमा निर्मला खनाल र खुल्ला सदस्यमा जितबहादुर वलीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

राप्ती गाउँपालिका

राप्ती गाउँपालिकाबाट महिला सदस्यमा उमा चौधरी, सोनु भण्डारी र खुल्ला सदस्यमा गोवद्र्धन रावत, सुशीलकुमार बस्नेतले उम्मेदवारी दिएका छन् ।

गढवा गाउँपालिकाबाट
गढवा गाउँपालिकाबाट महिला सदस्यमा विष्णुमाया घिमिरे, मिना शाह र खुल्ला सदस्यमा कृष्ण गिरी, विकास वि.सी.ले उम्मेदवारी दिएका छन् ।

राजपुर गाउँपालिकाबाट

राजपुर गाउँपालिकाबाट महिला सदस्यमा बालकुमारी पोख्रेल र खुल्ला सदस्यमा कृष्णबहादुर बस्नेत, केशवराम अहिर यादव र धर्मी यादवले उम्मेदवारी दिएका छन् ।

खस आर्य तर्फबाट

खस आर्य महिलातर्फ केशरा पोख्रेल, छवि वली, नोखी रावत, विमला शर्मा, शान्ता पाण्डे, हेमलता पोख्रेलले उम्मेदवारी दिएका छन् ।
खस आर्य खुल्लामा हेमकुमार उपाध्याय, उमाकान्त पन्त, गणेशबहादुर विसी., गौरव आचार्य, जगतबहादुर थापा, धुर्व गौतम, धुर्व आचार्य, नारायणप्रसाद अधिकारी, निर्मल न्यौपाने, भागवत आचार्य, मुमबहादुर केसी., लक्ष्मणकुमार रेग्मी, हरि सुवेदी ‘जरा’ र हर्कबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

आदिवासी जनजातिबाट

आदिवासी जनजाति महिलातर्फ सुशीला गुरुङ, तुलसीराम राना, रमेशकुमार श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ, दलित महिलातर्फ विजुला परियार, मुक्ति वादी, दलित खुल्लातर्फ खेमराज विश्वकर्मा, प्रबल रसाइली, सोमराज सुनार र पदम नेपालीको उम्मेदवारी परेको छ ।
त्यस्तै थारु महिला सदस्यमा चेतना चौधरी, पवित्रा चौधरी, बृजा चौधरी, मानु कुमाल, शान्ती चौधरी र खुल्ला थारुतर्फ गद्दुलाल चौधरी, चेतराम चौधरी, प्रभुनारायण चौधरी, भागीरथ चौधरी, मोहनकुमार चौधरी, श्रीप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।

मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ

मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांग खुल्लातर्फ राजकुमार धिताल, शालिकराम यादव, केन्द्रीय महाधिवेशन प्रतिनिधि अपांगतर्फ गणेशबहादुर खत्री र प्रदेश महाधिवेशन प्रतिनिधितर्फ विष्णु मल्लले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत जिल्ला अधिबेशनका लागि शुक्रबार उनीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर आ–आफ्नो मनोनयन दर्ता गरेका हुन ।
शनिबार जिल्ला कार्य समिति चुन्न मतदान हुँदै छ ।

जिल्ला नेतृत्व र कार्यसमिति चयन गर्न झन्डै दुई हजार दुई सय बढी प्रतिनिधिले मतदान गर्ने छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *