२०८३ जेष्ठ ३० गते शनिवार

बिमल रिजाललाई दाङ क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा सबै भन्दा बढी मत

जित पछि घर परिवार र नजिकका साथीहरु संग खुसी साट्दै रिजाल । तस्बिर – सुरेश हमाल

तुलसीपुर, मंसिर ८ । तुलसीपुरका प्रतिष्ठित ब्यापारी बिमल रिजालले दाङको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा खुल्ला तर्फबाट सवै भन्दा बढी मत पाएर निर्वाचित भएका छन् । रिजालले ४६८ मत प्राप्त गरि २५ जना प्रतिपस्र्धी मध्य एक नम्बरमा निर्वाचित भएका हुन । यहाँ कुल ८ सय ४७ मतदाता मध्य ८ सय ४४ जनाले मतदान गरेका थिए ।

रिजालले जिल्ला सभापति कीर्तिबहादुर खड्का, जिल्ला सचिब शंकर डाँगी, प्रदेश सभा सदस्य शंकर गिरि , प्रदेश सभा सदस्यका प्रत्यासी केशबराज आचार्य जस्ता नेताहरु भन्दा बढी मत प्राप्त गरेका हुन । तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानका अभियान्ता तथा बिभिन्न सामाजिक संघ संस्थामा क्रियासिल रिजाल १४औं महाधिबेशनबाटै पार्टीको सक्रिय राजनीतिमा लागेका हुन ।

यसभन्दा अगाडि उनी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बाट वडा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीको प्यानलबाट उम्मेदवारी दिएका रिजालले बर्षौं पार्टी र संगठनमा खुन पसिना बगाएका नेताहरु भन्दा बढी मत प्राप्त गरि सबैलाई चकित पारिदिएका छन् । यसले उनको राजनीतिक भविस्य सुन्दर रहेको पुष्टि भएको एक अग्रज नेताले प्रतिक्रिया दिए ।

‘उहाँको सामाजिक छवि र सहयोगी भावनाकै कारण सबै भन्दा बढी मत प्राप्त गर्न सफल भए जस्तो लाग्छ,’ ती नेताले भने ‘उहाँ संग धनपनि छ र यही छवि कायमै राख्न सके उहाँको राजनीतिक भविस्य उज्ज्वल देखिन्छ।’

के यहाँ नेर धन पैंशाको पनि कुनै भूमिका छ ? भनेर सोध्दा उनले त्यसलाई नकार्न सकेनन् । भने ‘ धनपनि चुनाव लड्न नभइ नहुने बस्तु हो, तर धनले मात्रै उहाँले यो मत प्राप्त गर्नु भएको हैन । उहाँको सहयोगी भावनाकै कदर भएको हो भन्ने मलाई लाग्छ।’

केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित रिजालले जनप्रतिनिधि बिहिन अवस्थामा तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्व सम्हाल्दा टरिगाँउ एयरमा बिमानस्थल सञ्चालन गर्न, बिगतका बाढी, भूपकम्प र कोरोना कहरका बीचमा मानविय साहेतामा खेलेको नेतृत्वदायी भूमिका लगाएका कारणहरुले गर्दा लोकप्रियता चुलिदै गएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *