२०८३ भाद्र १० गते बुधवार

यी हुन, दाङ काँग्रेसका शिर्ष नेताहरु जस्ले महाधिबेशनमा पराजय व्यहोरे

दाङ, मंसिर ८ । नेपाली काँग्रेसका दुई जना पूर्व जिल्ला सभापतिहरु केन्द्रीय महाधिबेशन प्रतिनिधिमा पराजित भएका छन् ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङको क्षेत्र नं. २ बाट घनश्याम रेग्मी र बीरकेश्वरी गौतमसहित अन्य केही शिर्ष नेताहरु पराजित भएका छन् ।

पराजित हुने अन्य अग्रज नेताहरुमा भरतबहादुर न्यौंपाने, महादेब शाह र श्याम रेग्मीपनि रहेका छन् ।
गौतमले माओबादी द्धन्द र संकट कालमा पार्टीको नेतृत्व गरेका थिए । त्यस्तै रेग्मी पार्टी भित्र एक सालिन र अध्यनसिल नेताका रुपमा परिचित छन् । शाह पूर्व जिविस उपसभापति हुन । न्यौंपाने प्रदेशसभा सदस्यका प्रत्यासी हुन । उनले अमरबहादुर डाँगीसंग गत निर्वाचनमा पराजय बेहोरेका थिए ।

जिल्लामा लामो समय पार्टी र संगठन निर्माणमा खटिएका अग्रज नेताहरु नै पराजित भएको प्रति नेताहरुले चिन्ता जाहेर गरेका छन् । जिल्लाका अग्रज नेताहरु पराजित हुँदै गर्दा पहिलो पटकमै भिडेका केही युवा तथा नयाँ अनुहारहरु भने निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *