२०८१ बैशाख २१ गते शुक्रवार

प्युठान जिल्ला सभापतिमा गिरी निर्वाचित

दाङ, मंसिर ८ नेपाली कांग्रेस प्युठान जिल्ला कार्यसमितिको सभापतिमा विष्णुकुमार गिरी बिजयी भएका छन् । १४औं महाधिबेशनबाट गिरी जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन ।

पार्टी भित्र संस्थापन इतरका गिरीले पाँच सय ६६ मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका हुन ।


उनका प्रतिस्पर्धी शिवराज रिजालले रिजालले चार सय ९४ मत मात्रै प्राप्त गरेका छन् । गौमुखी गाउँपालिका वडा नम्बर ४ का स्थानीय गिरी उक्त गाउँपालिकाका अध्यक्षपनि हुन ।


मंगलबार बेलुका मतदानका क्रममा त्यहाँ दुई पक्षका बीचमा झडप भएको थियो । उक्त झडपमा परि प्रहरीसहित ९ जना जति घाइते भएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुका साथै अश्रग्यास समेत प्रहार गरेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *