
तुलसीपुर, मंसिर ७ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङबाट लुम्बिी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन । त्यस्तै लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठपनि निर्विरोध महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन ।
दाङ निर्वाचन क्षेत्र नं. ३ मा थारु कोटाबाट उम्मेदवारी दर्ता गराएका मन्त्री चौधरीको पदमा कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन । क्षेत्र नं. ३ मा एक सय भन्दा बढी थारु प्रतिनिधिहरु चुनिएको भएको भएपनि कसैले पनि उनको पदमा उम्मेदवारी दर्ता गराएनन् ।
त्यस्तै राज्य मन्त्री श्रेष्ठ आदीवासी जनजातीको कोटाबाट दाङ निर्वाचन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन । श्रेष्ठको पदमा पनि कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचित दुबै मन्त्री चौधरी र राज्य मन्त्री श्रेष्ठ पार्टी भित्र संस्थापन पक्षधर हुन । निर्वाचन क्षेत्र नं. २ बाट आदीवासी जनजाति कोटामा काँग्रेस दाङकी कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन । निर्वाचन क्षेत्र नं. ३ बाट थारु महिना कोटामा कल्पना चौधरीपनि निर्विरोध निर्वाचित भएकी छन ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधिमा देबीमाया थापा निर्विरोध निर्वाचित भएकी छन् । उनी आदीवासी जनजाति कोटाबाट निर्वाचित भएकी हुन । निर्वाचन क्षेत्र नं. १ मा थप ९ जना क्षेत्रीय कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ । यो क्षेत्रबाट पूर्व गृहमन्त्री स्वर्गिय खुमबहादुर खड्काका छोरा अनुराग खड्कापनि महाधिबेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । दाङमा नेपाली काँग्रेसको संघीय पदाधिकारी चुन्न नेतृत्व चुन्न मंगलबार बिहान ९ बजेदेखि मतदान सुरु हुँदैछ ।
