२०८२ चैत्र ३ गते मङ्गलवार

दाङमा मंगलबार संघीय नेतृत्व छान्दै कांग्रेस

कार्यसमितिका पदाधिकार र महाधिबेसन प्रतिनिधिका उम्मेदवार सहित

तुलसीपुर, मंसिर ६ । नेपाली कांग्रेसको १४ महाविधेशन अन्तर्गत संघीय क्षेत्रमा नेतृत्व चयनको मंगलबार मतदान हुँदैछ ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा सोमवार उल्लासका साथ प्यानलसहित उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नं. ३

निर्वाचन क्षेत्र नं. ३ बाट संघीय सभापति पदमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
अहिलेका संघीय सभापति जगतबहादुर खड्का, जिल्ला कार्यसमिति सदस्य सुरेन्द्रबहादुर खड्का र नेता किरण शाहले संघीय सभापति पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । तुलसीपुरस्थित उद्योग वाणिज्य संघमा पुगेर सोमबार तीनैजनाले मनोनयन दर्ता गराएका हुन ।

जगत प्यानलका पदाधिकारी

जगत खड्काको प्यानलबाट सचिवमा शोभाखर सापकोटा र पूर्ण के।सी, सहसचिव पदमा भीमकान्त भट्टराई र डेफुलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

सरेन्द्र प्यानलका पदाधिकारी

सुरेन्द्र खड्काको टिमबाट क्षेत्रीय सचिवमा रवि बुढाथोकी र भेषराज डाँगीले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै सहसचिवमा तनोज सिंह ओली र भूपबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

दुबै प्यानलका सदस्यहरु

सदस्यमा चिरञ्जीवी वली, पूर्ण विसी, महेश चौधरी, यमप्रसाद भुसाल, मिनाकुमारी केसी, डिलाराम विष्ट,सुवास डाँगी, प्रतिक्षा खड्का, युवराज खड्का, जयलाल वली, पोषणराज न्यौपाने, भरत गिरी, युवराज भण्डारी, सन्तोषकुमार चौधरी, देवा बस्नेत, सीता देवकोटा, तेजप्रसाद आचार्य, दशरथ वली, लोकबहादुर बस्नेत, हरिबहादुर भण्डारी, दुर्गाबहादुर घर्ती, बसन्तकुमार खड्गी, गोपाल सुनार, झुपलाल नेपाली, कोकर चौधरी, ईश्वरीप्रसाद खड्का, भीमबहादुर केसी, महेश चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

दुबै प्यालनका महाधिवेशन प्रतिनिधिहरु

महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ कीर्तिबहादुर, गेहेन्द्र गिरी, शंकरप्रसाद डाँगी, शंकर गिरी, युवराज खड्का, जागेश्वर खड्का, अर्चना रेग्मी, पिमाकुमारी खड्का, कविताकुमारी शर्मा, चित्रा बुढाथोकी, तारादेवी भण्डारी, पवित्रा धिताल, रेखा डाँगी, सुशीला सुवेदी, शुष्मा लामिछाने, गिरी, एकराज आचार्य, केशवराज शर्मा आचार्य, कुलप्रसाद पौडेल, गोविन्दबहादुर शाह (शम्भु), चेतबहादुर सेपाइली, जितबहादुर केसी, टेकबहादुर वली, फल्कुदत्त भण्डारी, विष्णुबहादुर खड्का क्षेत्री, भरत केसी, भानुभक्त पौडेल, महादेव शाह, यज्ञनारायण आचार्य, राजकुमार पोख्रेल हमाल, हरिहर पौडेल, विमल रिजाल, राजेन्द्र धिताल र टोपबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन ।

खस आर्यतर्फका उम्मेदवारहरु

खस आर्यतर्फ कृष्णकुमार गिरी, कमानसिंह डाँगी, कुलबहादुर खत्री क्षेत्री, डा. नहकुल केसी, प्रदीपकुमार खड्का, रजकुमार रेग्मी लिलाधर लम्सालले उम्मेदवारी दर्ता गरेका छन् ।

महाधिवेशन प्रतिनिधि दलित

महाधिवेशन प्रतिनिधि दलित महिलामा देविका नेपाली, सीतरा नेपाली वादी, पुरुषतर्फ जोगेन्द्रबहादुर सुनार, घनश्याम सुनारले उम्मेदवारी दर्ता गरेका छन । मुस्लिम मधेसीमा अमन उल्ला अन्सारी र ऋषिराज लहरे ‘अरुण’, आदिवासी जनजातितर्फ टीकाराम घर्ती, चन्द्रकली बुढाले उम्मेदवारी दिएका छन । खस आर्य महिलातर्फ चित्रा गिरी, मिथिला शाह, लोकेश्वरी अधिकारी, शान्ता पाण्डे र सर्मिला आचार्यले उम्मेदवारी दिएका छन।

क्षेत्र नं. २

दाङ क्षेत्र नं. २ मा पनि दुईवटा समूह चुनावी प्रतिष्पर्धामा छन् । सभापति पदमा चित्रबहादुर डाँगी ‘निर्मल’ र भीमप्रकाश खड्काले उम्मेदवारी दिएका छन । सचिवमा आरके सितल, कमलप्रसाद गौतम, सन्तोष योगी र हिमबहादुर डाँगी चुनावी मैदानमा छन । त्यस्तै सहसचिवमा प्रमोद पोख्रेल, रञ्जित श्रेष्ठ, रमेशकुमार पाण्डे र शिवप्रसाद घिमिरे छन् । कांग्रेसको क्षेत्रमा १ जना सभापति, २ सचिव र २ सहसचिव चुन्ने विधानले व्यवस्था गरेको छ ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरु

यहाँ २५ जना महाधिवेशन प्रतिनिधिका लागि ६३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभाका प्रमुख सचेतक अनिता देवकोटा, संविधानसभा सदस्य राजु खनाल, पूर्व जिल्ला सभापति बीरकेशरी गौतम, पूर्व सचिव कमलकिशोर घिमिरे, वर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगी लगायतका नेताहरुले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दर्ता गरेका छन् ।
निर्विरोध निर्वाचित

कांग्रेस नेता अर्जुन कुमार श्रेष्ठ र सावित्रा राना निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ लुम्बिनी प्रदेशका ऊर्जा जलश्रोत राज्यमन्त्री हुन । राना कांगे्रस दाङका वर्तमान कोषाध्यक्ष हुन ।

क्षेत्र नं. १

दाङ क्षेत्र नं. १ को सभापति पदमा भेषराज पाण्डे र सर्वजित डिसीले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन समितिका अनुसार सचिव पदमा कृष्णकुमार चौधरी, खेमलाल चौधरी, राजेन्द्र खड्का र हरिहर शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै सहसचिव पदमा गोविन्दकुमार वली, प्रकाशकुमार जिसी, मिनराज अधिकारी र मोहम्मद जमिर शाहले उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दिएका छन । निर्वाचन समितिका अनुसार १ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन।

कांग्रेसले मंसिर ३ गते जिल्लाका प्रदेश क्षेत्रको नेतृत्व चयन गरेको थियो । वडा, पालिका, प्रदेश क्षेत्र र संघका क्षेत्र गर्दै मंसिर १० मा जिल्लाको अधिवेशन तय गरेको छ ।

कांग्रेसको १४औँ अधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौमा हुँदैछ । वडादेखि नै दुई समूह बनाएर प्रतिष्पर्धामा उभिएको कांग्रेसले संघीय निर्वाचन क्षेत्रमा पनि दुईवटा प्यानल बनाएर चुनावी प्रतिष्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *