२०८२ चैत्र ३ गते मङ्गलवार

‘ब्याक गियर’ नभएका नेता किरण शाह

तुलसीपुर, मंसिर ६ । नेपाली काँग्रेसको १४औं अधिबेशन सुरु नहुँदै सबै भन्दा पहिले दाङ निर्वाचन क्षेत्र नं. ३ को संघीय सभापतिको उम्मेदवारी घोषणा गर्ने नेता हुन किरण शाह । जस्ले गत असार १९ गते नै फरककोण मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । कुनै नेताको घर दैलोमा अनावश्यक रुपमा चाकडी, चाप्लुसी गर्न जानुहुन्न भन्ने मान्नेता राख्ने शाह पार्टी भित्र हक्कि स्वभावका नेताका रुपमा परिचित छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वार निवासी शाहले उम्मेदवारी घोषणा गरेदेखि नै उनी दुबै गुटका नेताहरुको नजरमा पर्दै आएका थिए । यद्यपी उनी पार्टी भित्र केन्द्रीय सदस्य दीपक गिरी नजिकको मानिन्छन् । अघिल्लो महाधिबेशनमा शाह पूर्व माननिय गेहेन्द्र गिरीसंग नगर सभापतिमा भिड्नुले पनि त्यही कुराको पुष्टि गर्छ ।

‘यो मलाई दुबै पक्षले आफ्नो क्याम्पसमा आउन एक चरण आग्रह नगरेका पनि होइनन्,’उम्मेदवारी घोषणा पछिको अवस्था उल्लेख गर्दै शाहले भने ‘तर, म अरु जस्तो धरै धनुस्टंकार बनेर सास्टांगदण्डबत गर्न जान्दिन र म कसैकोमा चाकडी गर्न गइन ।’

नेपाली काँग्रेस तुलसीपुर पूर्व नगर सभापति शाहले तुलसीपुरका संस्थापक मेयर शंकर आचार्यलाई पार्टीको साधारण सदस्यबाट समेत नरहने गरि कारवाहीका लागि केन्द्रमा सिफारिस गरेका थिए । तत्कालिन समयमा दाङमा प्रभावशाली नेता मानिने गेहेन्द्र गिरीसंग नगरसभातिमा भिड्नुले पनि शाह एक आँटीला नेताहुन भनेर स्पष्ट हुने उनलाई नजिकबाट चिन्ने एक नेताले बताउँछन् ।

‘यो बीचमा पनि उम्मेदवारी फिर्ता गराउनका लागि उहाँलाई थुप्रै नेताले आश्वासन दिएर आग्रह नगरेका होइनन्,’ती नेताले भने ‘तर, शाहले पहिले नै निर्णय गरि सकेको हुँदा उहाँ ब्याक हुन मान्नु भएन,यथार्थमा उहाँ ब्याक गियर नभएको नेता हो ।’

उनको तर्कमा शाहपनि एक सशक्त उम्मेदवार हुन । असारदेखि नै शाहले आफ्नो प्रचार प्रशार गरेको हुँदा जित्ने राम्रो संभावना रहेको उनले औंल्याए । कसैको टिममा नपरेको उम्मेदवारलाई अलि गाह्रो हुन्छ कि ? भन्ने प्रश्न गर्दा – ती नेताले टिम भन्दापनि नेताको विश्वास र वचन ठूलो कुरा हुने तर्क गरे ।

‘ जित हार भन्ने कुरा प्राविधक कुरा हो र त्यो मतदातामा भर पर्ने कुरा हो,’ उनले भने ‘कथम कदाचित उहाँले जित्न सक्नु भएन छ भने मन नपरेका प्रतिपर्धी मध्य एकलाई हराउन अवस्य सक्नु हुने छ ।’ मंगलबारको निर्वाचनले शाहको हैसियत मापन हुने उनले बताए ।

यो पनि पढ्नुहोस

काँग्रेस नेता किरण शाहद्धारा दाङ क्षेत्र नं. ३ को संघीय सभापतिमा उम्मेदवारी घोषणा

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *