२०८२ चैत्र २ गते सोमवार

दाङ क्षेत्र नं. ३ को संघीय सभापतिमा ३ जनाको मनोनयन दर्ता


तुलसीपुर, मंसिर ६ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङको निर्वाचन क्षेत्र नं. ३ बाट संघीय सभापति पदमा तीन जनाले मनोनयन दर्ता गरेका छन् ।
अहिलेका संघीय सभापति जगतबहादुर खड्का, जिल्ला कार्य समिति सदस्य सुरेन्द्रबहादुर खड्का र नेता किरण शाहले संघीय सभापतिका लागि आ–आफ्नो मनोनयन दर्ता गराएका हुन ।
तुलसीपुरस्थित उद्योग बाणिज्य संघमा पुगेर सोमबार तीनै जना पुगेर आ–आफ्नो मनोनयन दर्ता गराएका हुन ।
जगतले केन्द्रीय सदस्य दीपक गिरी अर्थात संस्थापन इतर प्यानलबाट, सुरेन्द्रले गेहेन्द्र गिरी अर्थात संस्थापन प्यानलबाट र शाहले स्थानीय स्तरमा कुनै प्यानलबाट नभइ एकल रुपमा उम्मेदवारी दर्ता गरेका हुन ।
दाङ जिल्लामा काँग्रेस भित्र संघीय नेतृत्व चुन्न मंगलबार मतदानको समय तोकिएको छ । निर्वाचन क्षेत्र नं. ३ मा आठसय बढी मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *