२०८३ असार २७ गते शनिवार

प्रधानन्यायाधीशले तोके १२ इजलासमा ४५४ मुद्दाको पेशी

काठमाण्डौ,मंसिर ६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि १२ इजलास गठन गरेका छन्। ती इजलासमा ४५४ मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि इजलास तोकेका छैनन्।

गोलाप्रथाबाट मुद्दाको पेशी तोकिने निर्णय भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा फर्किएका छन्। यता कानुन व्यवसायीहरु भने प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म बहस पैरवी नगर्ने बताएका छन्।

उनीहरुले आन्दोलनका कार्यक्रमलाई मुलुकभरका अदालतहरुमा पुर्‍याउने बताएका छन्। सोही क्रममा कालोपट्टिसहित धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *