२०८३ बैशाख १६ गते बुधवार

सत्ता गठबन्धन एमसीसीका विषयमा सकारात्मक छ : सहमहामन्त्री डा. महत

काठमाडौं,मंसिर ४ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्ता गठबन्धन एमसीसीका विषयमा सकारात्मक भएको दाबी गरेका छन्। कुनै देशलाई अनुदान दिने कुरामा प्रश्न अगाडि सारेर अल्मल्याउनु नहुने उनको तर्क छ।

‘अमेरिकाले पहिलो पटक नेपाललाई अनुदान दिन लागेको हो। कुनै देशलाई अनुदान दिने कुरामा दसवटा प्रश्न अगाडि सारेर अल्मल्याउनु हुँदैन। समान मापदण्डका आधारमा विदेश नीतिलाई परिमार्जन गरिनुपर्छ।’उनले भने, ‘गठबन्धन दललगायत एमालेमा पनि एमसीसीका विषयमा सकारात्मक छन्। जनतामा नकारात्मक भ्रम फैलाउन भएन।’

महतले विदेशी सहयोग लिने पनि समान मापदण्ड हुनुपर्ने धारणा राखेका छन्। एमसीसी परियोजनाबाट नेपालको प्राथमिकतामा रहेको ट्रान्समिसन लाइन र सडक बन्न लागेको उनले बताए।

उनले एमसीसीको काम अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्ने बताए। एमसीसी एसिया प्यासिफिकअन्तर्गत पर्दैनसमेत भनेको बताउँदै महतले नेपालकै संविधानअन्तर्गत काम गर्नुपर्ने स्पष्ट पारे। नियोजित किसिमबाट भ्रम पैदा गरेर एउटा देशको सहयोगलाई नकार्ने मन परे सहयोग जे पनि स्विकार गर्नु नहुने महतको भनाई छ।

विदेश नीतिका विषयमा देशको आवश्यकता र स्वार्थ केन्द्रित नभएर हचुवाको भरमा पछि लाग्ने चलन बढेको उनको भनाई छ।

सहमहामन्त्री महतले शेरबहादुर देउवाले महाधिवेशनमा जित्ने दाबी गरेका छन्उ । नले देउवाको नेतृत्वमा पार्टीले जित्ने र आमनिर्वाचनमा पनि पार्टी बनाउने बताए। देउवाले पार्टीमा सबै साथीलाई जोडेर लैजाने र कसैको चित्त नदुखाउने स्पष्ट पारे।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *