
दाङ, मंसिर ४ । नेपाली कांग्रेसको १४औं महाधिबेशन अन्तरगत सल्यानको प्रदेश (क) सभापतिमा सुरेश चन्द निर्वाचित भएका छन् । चन्द संस्थापन इतर पक्षधर हुन । सरेश अहिलेका काँग्रेस सल्यान जिल्ला सभापति गणेश चन्दका छोरा हुन ।
चन्दले प्रदेश सभा ९क०मा प्रतिष्पर्धी गोरख खत्रीलाई ११ मत अन्तरले पराजित गरेका छन् । चन्द ३१४ मत प्राप्त गर्दा खत्रीले भने ३/३ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसभापतिमा यज्ञबहादुर खड्का ३१७ र भुपाल शाहु २९४ मत प्राप्त गरि निर्वाचित हुँदा उनीहरुका प्रतिष्पर्धीहरु जिवराज बोहरा २९० र मानबहादुर वलीले २८५ मत प्राप्त गरेका छन् ।
सचिवमा धनेष बुढाथोकी ३३३ र चमन बुढाथोकी ३२५ मत प्राप्त गरि निर्वाचित हुँदा उनीहरुका प्रतिष्पर्धीहरु प्रेम नरायण विक ३२१ र रुपलाल भण्डारीले २४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै सहसचिवमा लोकबहादुर शाहीले २८५ र धनराज केसी र तेजबहादुर रावतले समान २७६ मत प्राप्त गरेका छन् । अर्का प्रतिष्पर्धी लालबहादुर बस्नेतले २४९ मत प्राप्त गरेका छन् ।
यहाँ कुल ६५७ मत मध्य ६२७ मत खसेको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।